माओबादीको स्थायी कमिटी बैठक : हरेक तहका कमिटी समावेशी बनाउने निर्णय

बैशाख १४, काठमाडौँ – नेकपा माओबादी केन्द्रको आज बसेको स्थायी कमिटी बैठकले हरेक कमिटी समावेशी बनाउने निर्णय गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावमा पार्टीका केन्द्र देखि स्थानीय तहका कमिटी पूर्ण समावेशी बनाउने निर्णय गरेको हो ।

पूर्वमन्त्री तथा माओबादी  नेता जनार्दन शर्माले पार्टी कमिटीमा महिला ३३ प्रतिशत, दलित १५ प्रतिशत र २० प्रतिशत युवालाई समावेश गर्ने निर्णय भएको हो ।

उनले पार्टी निर्माणका लागि उक्त निर्णय दुरगामी भएको बताएका छन् ।