जसपाका शीर्ष नेताहरु अनौपचारिक छलफलमा

बैशाख १४, काठमाडौँ-जनता समाजवादी पार्टीका शीर्ष नेताहरू भावी सत्ता समिकरणका विषयमा छलफलमा जुटेका छन् । केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारका विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भइरहेका बेला सत्तामा निर्णयक मानिएको जसपा छलफलमा जुटेको हो ।

नेपाली काँग्रेस र माओवादी केन्द्र जसपाको निर्णय कुरिरहेका छन् । बैठकमा नेताहरू महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी छन्। जसपाभित्र ओलीलाई समर्थन गर्ने र अन्य दुई दललाई समर्थन गर्ने भन्ने दुईमत छ ।

अध्यक्ष महन्त ठाकुर र राजेन्द्र महतो ओलीलाई समर्थन गर्ने पक्षमा छन् । तर बाबुराम भट्टराई र उपेन्द्र यादव ओलीलाई समर्थन गर्न नसकिने बताउँदै आएका छन् ।

जसपाले निर्णय गरेमा भोलीलाई अविश्वासको प्रस्ताव पेश गर्ने नेपाली काँग्रेस र माहोबादी केन्द्रको तयारी छ ।