एनआईबिएल समृद्धि फण्ड–को ५४ प्रतिशत इकाइ पहिलो दिनमै बिक्री

बैशाख १४, काठमाडौ – एनआईबिएल एस क्यापिटलले बिक्रीमा ल्याएको एनआईबिएल समृद्धि फण्ड–को पहिलो दिनमा नै उत्साहप्रद रुपमा आवेदन परेको छ । इकाई खरिदको लागि कुल इकाईको ५३.४४ प्रतिशत इकाई आवेदन भइसकेको क्यापिटलले जनाएको छ ।

क्यापिटलले बैशाख १३ गते देखि प्रति इकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २ करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । फण्डले १५ प्रतिशतइकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेण्ट बैंकलाई सुरक्षित गरी बाँकी रहेको इकाई सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको हो ।

उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाई सम्म आवेदन दिन प ाउने व्यवस्था रहेको छ । इकाई खरीदकालागि आवेदनदिन छिटोमा बैशाख १६ गतेसम्म रहेको क्यापिटलले जनाएको छ ।