जुनोटीक रोगहरुमा जलवायु परिवर्तनको प्रभाव

डा.केदार बहादुर कार्की
विश्वमा मौसमी जलवायु परिवर्तन निरन्तर भइरहेको छ । पछिल्ला केहि बर्षयता औसत वायुमण्डलीय तापक्रम बढेको छ र यसको निरन्तरता रहिरहने अपेक्षित छ । यदि औद्योगिक विकशीत मुलुकहरुले हरितगृह ग्याँस उत्र्सजन वातावरणीय वायुमण्डलमा घटाउने प्रयास गरेनन् भने दुःख लाग्दो अवस्था यो पनी छ, कम तथा अती कम बिकशीत मुलुकहरु जसले विश्वस्तरीय तापक्रम बृद्धी गराउनमा न्युन योगदान गरेका छन ति मुलुकहरु नै यसबाट उत्पन्न हुने दुष्प्रभावको जोखिममा छन ।

खास गरी त्यस्ता रोग ब्यधीहरुबाट जुन बढदो तापक्रमका कारण सतहमा देखिन्छन । विश्वव्यापीकरण तथा जलवायुमा हुने मौसमी पर्रिवतनका कारण विश्वव्यापी रुपमा नयाँ खाले तथा जलवायुमा हुने मैसमी परिवर्तनका कारण विश्वव्यापी रुपमा नयाँ खाले तथा पुनः देखिन थालेका पशुपंक्षिजन्य रोग तथा जुनेशीसलाई अकल्पनीय प्रभाव पार्दैछ ।

मैसमी जलवायु परिवत्र्रनले प्राकृतिक प्रयावरण प्रणालीलाई असर पारी संक्रामक रोगहरुका कारक तत्वहरु जस्तैः व्याकटेरिया भाइरस ढुशी परजीवी, सक्त परजीवीहरुका उपयुक्त वातावरण श्रृजना गर्नुका साथै यीनीहरुलाई नयाँ क्षेत्रहरुमा विस्तारीत हुन सघाउछ । जहाँ यीनीहरुले वन्यजन्तु घरपालुवा पशुपंक्षि लगायत मानव जनसमुदायको सवास्थयमा कुप्रभाव पार्छ । यस्ता रोगहरु जुन मेरुदण्डीय अस्थीपंजर भएका पशुपंक्षि र जन समुदायका बिचमा एकआपसमा सर्ने, साटासाट हुने रोगहरुलाई जुनोटिक रोग भनी परिभाषित गरीएको छ । जुनोटिक रोगहरु विशेष लाक्षणिक स्थान विशेष तथा विशेष प्रजातीमा प्राकृतिक रुपमा देखिने प्रवृतीका हुन्छन् ।

कुनै प्रकारले पयौवरणीय परिवर्तन तथा जलवायु जन्य वा मौसमी घटनाहरुले यी रोगलाई महामारीको रुपमा अन्य आश्रय दाता तथा भौगोलीक क्षेत्रमा विस्तारीत हुन सघाउछ । विभिन्न खाले जुनेसेस रोगहरु मानीसमा विभिन्न प्रकारले सर्ने गर्दछन् । रोग प्रत्यक्ष संक्रमकणजन्य पनि हुन सक्छ या कुनै संवाहकद्धारा ओसार पसार गरीएर पशुपंक्षि तथा जनसमुदायमा सर्न सकछन । यसका साथै खानेपानी तथा खानेकुराको माध्ययमबाट पनी सर्न सक्छन् ।

प्रकटीत हुने रोगहरु भर्खरै पत्ता लागेका हुन सक्छन् या देखिने घटना बढेको वा व्यापकता भएको या भर्खरै नयाँ भौगोलिक क्षेत्रमा या जलवायु सिमामा विस्तारीत भएका वा पशुपक्षिका जनसंख्याबाट मानीसमा हाम फालेका हुन सक्छन् । उदाहरणका रुपमा लाइम बौटेलियोसीस, कयाट स्क्राच फिभर र व्राटोनेलोसीस, फिफ्य डिजीज र पारभोभाइरस बी वाइनटिन, एच।आइ।भी, सार्स सिभीयर, एकयुट रेसपाइरेटोरी सिनड्रोम, मंकी पकस, एभियन इन्फलुइन्जा तथा वेस्ट नाइल भाइरसलाई लीन सकिन्छ ।

कुनै रोग पहिले पत्ता लागेका थिए कुनै एक प्रजातीमा र प्रायस् जसो फाटफुट तहमा तर केहि कारणवस अप्रत्यासित रुपमा कुनै खास समयमा या कुनै खास भौगोलीक क्षेत्रमा फैलिएमा त्यस्ता रोगलाई पुनः प्रकटित रोग मानीन्छ । यी रोगका डरलाग्दो प्रभाव स्वास्थ्य तथा अर्थतन्त्रमा पर्दा यसले सम्पूर्ण पशुपंक्षि जगत एवं जन समुदायलाई असर पु¥याउछ तर यस्को सबै भन्दा बढी बेफाइदा सबै भन्दा गरीब जनसमुदाय प्रभावीत हुन पुग्दछ । यी डरलाग्दा संक्रामक रोगहरु वन्यजन्तु, पशुपक्षि वा जनसमुदायमा देखिनु एउटा तत्काल महत्वपुर्ण विश्वव्यापी तापक्रममा हुने बृद्धिको दुष्परिणामको रुपमा लीन सकिन्छ ।

वातावरीणय मौसमा हुने परिवर्तनले पशुपक्षिबाट मानीसमा रोग सर्ने प्रणालीलाई असर पु¥याउछ वा परिवर्तन गराउछ । जलवायु तथा रोगहरुको प्रत्यक्ष सम्बन्ध तुलनात्मक रुपमा हुने गर्छ भन्ने कुरा अपेक्षाकृत रुपमा सजीलै पहिचान गर्न सकिन्छ । जनसमुदाय, पशुपंक्षिहरु तथा बोट विरुवा हुने गर्मीजन्य तनावको कारण अत्याधिक वातावरणीय तापक्रममा हुने वृद्धिलाई मानीन्छ । जलवायुको परिवर्तनको जटिल प्रत्यक्ष परिणामको भीन्नता देखाउनु बढो कठिन हुन्छ । यीनमा जीवाणु जो रोग लगाउने कारण बन्दछ जसले रोगको प्रसारण गर्छ जसलाई संवाहक भनिन्छ ।

जनावर जसले रोगहरुका जीवाणुलाई भण्डार गर्दछन तर रोगको लक्षण आफै भने देखिउदैन त्यस्ता जनावरको शरीरको कुन अंगको कुन तन्तुमा रोगका आश्रयस्थल हुन्छ र रोगले पिडितको कुन प्रणाली, अंग र तन्तुमा असर पु¥याउछ सबै कुरा समावेश भएका हुन्छन् । यो कुरा त प्रष्ट छ कि धेरै बन्यजन्तु जन्य तथा घरपालुवा, पशुपंक्षिजन्य रोगहरु मौसम अनुसार देखा पर्दछन् । जलवायु परिवर्तनमा हुने परिवर्तनशिलताले वन्यजन्तु तथा पशुपक्षिको जनसख्यात्मक घनत्वमा असर पार्दछ ।

यी गतीवीधीले रोगको प्रसारण पशुपंक्षिको जनघनत्व भीत्र साथ साथै अरु जनावरलाई या जनसमुदायमा असर पु¥याउछ । जलवायु परिवर्तनले प्रजनन् जन्य सफलतालाई असर पार्ने हुदा केहि प्रजातीको जनसख्यात्मक जनघनत्वमा असर देखाउछ । अतः जुनोटिक रोग फैलीने सम्भावना वढ्न सक्ने हुन्छ । जती बढि पशुपंक्षि रोगबाट ग्रसित हुन्छन् त्यतीनै एउटै प्रजाती भीत्र र विभिन्न प्रजाती बिच हुने सम्पर्कका कारण रोगको प्रसारण बढेर जान्छ ।

यदि जलवायु परिवर्तन भएछ भने तातो चिसो पानीको प्रयोग तथा समुन्द्रको सतह प्रभावित हुनेछ । धनी मुलुकले औसत मुल्य कमै व्यहोर्न पर्ला यस असरको तथापी अरु क्षेत्रले यसको वढी मुल्य बेहोन पर्ने हुन्छ र अरुले यसबाट बढी फाइदा लिने छन् । केहि गरीब मुलुकले जलवायु परिवर्तनमा असर पुग्ने कुनै गतिविधि नगरे पनी यस्को चर्को मुल्य ब्यहोर्न परेको छ । जे जस्तो भए पनि ढिलो चाडो जलवायुमा हुने परिवर्तनले पशुपंक्षि, जनसमुदायमा ठुला असर पार्छ नै यसका अलावा प्राकृतिक प्रकोपको भुमरीमा पर्ने छ । जुन हामी हालको वर्षाले निमत्याएको बाढी पहिरोको हामी प्रत्यशीत प्रकोप भोगी राखेका छौ ।

जलवायु परिवर्तनको विरद्ध हाम्रो नितीमा हामी ले वायुमण्डलमा कार्वनडाइअक्साइड को मात्रा जती थपी राखेका छौ त्यसलाई कसरी घटाउन सकिन्छ भन्नेमा केन्द्रीत हुनु पर्ने हुन्छ । जुन हामी कोइला बालेर, पेट्रोल डिजेल तथा प्राकृतिक ग्याँस बालेर वायुमण्डलमा दैनीक रुपमा थपी राखेका छौ । अब हामी एकजुट भई विश्वव्यापी तापक्रम बृद्धि विरुद्ध लाग्नु पर्नेछ । अनीमात्र हामी स्वच्छ वातावरण अनी सबै खाले जीवजन्तु बोटविरुवा तथा जनस्वास्थ्यको सुरक्षाको अनुभुती गर्न पाउने छौ । नत्र यो आगोले दैब होस या दैत्य कसैलाई छाड्ने छैन ।

लेखक : डा.केदार बहादुर कार्की अष्ट्रीच नेपाल प्रा.ली. रुपन्देही नेपालका पशु स्वास्थ्य ब्यबस्थापन विज्ञ हुन् ।