स्वास्थ्य मन्त्रालयले भेरी अस्पतालमा ८० स्वास्थ्यकर्मी पठाइने

बैशाख १३, काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेको भेरी अस्पतालमा ८० जना स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको छ ।

कोरोना कहरको चपेटामा आएको बाँकेको भरी अस्पतालमा स्वास्थ्य मन्त्रालयले ८० जना स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको हो ।

१० जना मेडिकल अफिसर, ४० जना नर्स र अन्य स्वास्थ्य सहयोगी गरी ८० जना स्वास्थ्यकर्मी पठाउने निर्णय भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।

यसअघि बाँकेको अवस्था बुझन् स्वास्थ्य मन्त्रालयको टोली भेरी अस्पताल पुगेको थियो ।