सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा कोरोना बीमा दाबी भुक्तानी रकम हस्तान्तरण

बैशाख १३, काठमाडौ – सिटी एक्सप्रेस मनी ट्रान्सफरले विश्वव्यापी फैलिरहेको महामारी कोभिड – १९ विरुद्घ आफ्ना अभिकर्ताहरुको बीमा गराएकोमा कोरोना पीडित अभिकर्ताहरुलाइ कोरोना बीमाको दाबी भुक्तानी हस्तान्तरण गरेको छ । मापदण्ड पुगेका ८ जना कोरोना पिडितलाई जनही पचास हजारका दरले रकम भैक्तानी हस्तान्तरण गरेको एक्सप्रेसले जनाएको छ ।

जस अन्र्तगत साई बाबा रेमिट् , चाबहिलका हरी कुमार श्रेष्ठ , अन्लाईन सब् रेमिट् , काठमाडौंका दीपेन्द्र ढकाल , आनन्दमनी ट्रान्सफर , झापाका आनन्द थापा, डेस्टिनेशन डेलिभरी सर्भिस , कास्कीका लीला भट्टराई , मध्यबिन्दु ट्रेड् सेन्टर , नवलपुरका गोपाल सिर्पाली , कलशमनी ट्रान्स्फर , सुन्सरीका कुलबहादुर भारती, जिमि रेभर मनी नेट्वर्क , परासीका शेर बहादुर गुरुङ र हीरा इन्टप्र्राइजेज , नवलपुरका कृष्ण गिरी गरी ८ जानालाई चेक हस्तान्तरण गरिएको हो ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमाआफ्नो छुट्टै पहिचानबनाउदै बिगत १४ वर्ष देखि संसार भरबाट विप्रेषण सेवाप्रदानगर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षिततरिकाले भुक्तानीप्रदानगर्ने, कुनै पनि बैंकको खातामा रकमजम्मागर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदानगर्दै आइरहेको छ ।