एक साता बर्दियामा लकडाउन

वैशाख १२, बर्दिया-बर्दियामा सोमबारदेखि लागू हुने गरी लकडाउन हुने भएको छ ।

कोरोना भाइरस संक्रमणको दर बढेपछि अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन नपाउने आदेश जारी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारका अनुसार यो आदेश गुलरिया नगरपालिका–५ र ६, बाँसगढी नगरपालिकाको बजार क्षेत्र, बारबर्दिया नगरपालिकाको जयनगर र कतर्निया बजार क्षेत्र, मधुवन नगरपालिकाको लालीबजार र ओराली बजार क्षेत्रमा लागू हुनेछ ।

त्यस्तै, ठागुरबाबा नगरपालिकाको बगनाहा, भूरीगाउँ र ठाकुरद्वारा बजार क्षेत्र, राजापुर नगरपालिकाको राजापुर र मानपुर टपरा बजार क्षेत्र, बढैयाताल गाउँपालिकाको भोलागौडी, मैनापोखर र शीतला बजार क्षेत्र र गेरुवा नगरपालिकाको शान्ति बजार र पशुपतिनगर बजार क्षेत्रमा पनि यो निर्णय लागू हुनेछ ।

पछिल्लो समय बर्दियामा समेत कोरोना संक्रमणको दर उच्च बन्दै गएको छ । बर्दियामा मृत्युदर समेत उच्च रहेको छ ।