सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका सबै परीक्षा स्थगित गरिने

बैशाख १२,धनगढी-सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले वैशाख १६ गतेदेखि सञ्चालन हुने स्नातक तहका परीक्षा स्थगित गरेको छ ।

बढ्दो कोरोना भाइरसको सङ्क्रमणलाई दृष्टिगत गर्दै सबै तहका परिक्षा स्गथीत गरिएको हो ।

आइतबार एक सूचना जारी गर्दै विश्वविद्यालयले स्नातक तह दोस्रो, छैटौँ सेमेस्टरका परीक्षाहरु अर्को सूचना जारी नभए सम्मका लागि स्थगित गरिएको जनाइएको छ ।

शनिबार विद्यार्थीले परीक्षा स्थगनको माग गर्दै विश्वविद्यालयमा तालाबन्दीसमेत गरेका थिए ।