बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु

वैशाख १२ , काठमाडौं – बाँकेमा कोरोना भाइरस संक्रमणबाट आइतबार थप एकजनाको मृत्यु भएको छ ।


नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा बाँकेको कोहलपुर –१३ का ५७ वर्षीय पुरुषको आइतबार दिउँसो १स्४० बजे मृत्यु भएको हो ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि वैशाख ४ गते उनको पीसीआर परीक्षण गरिएको थियो ।

कोरोना संक्रमण पुष्टि भएसँगै सोही दिन अस्पताल भर्ना भएका उनको उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको ओलीले बताए । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८४ पुगेको छ ।