आइसोलेसन कक्ष पुनः सञ्चालन

वैशाख १२, काठमाडौँ – हेटौँडा–६ स्थित गौरीटारमा आइसोलेसन कक्ष पुनः सञ्चालनमा ल्याइएको छ । मकवानपुरमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि आइसोलेसन कक्षलाई पुनः सञ्चालनमा ल्याइएको हेटौँडा उपमहानगरपालिकाअन्तर्गतको स्वास्थ्य शाखाले जनाएको छ ।

आइसोलेसन कक्षमा हाल १५ शय्या छन् । यद्यपि शय्याको क्षमतालाई बढाउने तयारी भएको छ । सङ्क्रमण पुष्टि भएर घरमा बस्न सक्ने सम्भावना नभएका सङ्क्रमितलाई आइसोलेसन कक्षमा राखिने स्वास्थ्य शाखाले जनाएको छ ।