राष्ट्रिय सभा सदस्यका लागि जेठ ६ गते निर्वाचन हुने

बैशाख १०,काठमाडौं – राष्ट्रियसभा सदस्यको पदपूर्तिका लागि उप–निर्वाचन हुने भएको छ ।

निर्वाचन आयोगले रिक्त रहेका स्थानमा उप- निर्वाचन गर्नको लागि मिति घोषणा गरेको छ ।

निर्वाचन आयोगका अनुसार आगामी जेठ ६ गते निर्वाचन हुनेछ । अहिले गृहमन्त्री समेत रहेका एमाले नेता रामबहादुर थापा जितेको निर्वाचन क्षेत्र खाली छ ।

माओबादी केन्द्रबाट निर्वाचित उनको पद एमालेमा प्रवेश गरेपछि खाली छ ।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐन अनुसार ६ महिना पदावधि कायमै रहेको अवस्थामा कुनै कारणबस पद रिक्त हुन पुगेमा उक्त स्थानमा पदपूर्तिका लागि ३५ दिनभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था छ ।

सोही अनुसार निर्वाचनको मिति तोकिएको आयोगद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाल सरकारको बैशाख ६ गतेको निर्णयअनुसार आयोगले जेठ ६ गतेका लागि उप–निर्वाचन मिति घोषणा गरेको हो।

आयोगले राजनीतिक दलहरुलाई बैशाख १० गतेदेखि १४ गतेसम्म उपनिर्वाचनका लागि निवेदन दिन पनि अनुरोध गरेको छ ।