अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता

वैशाख ८, काठमाडौँ – लामो समयपछि नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उनिहरूबीच आज साँझ राजधानीको नागपोखरीस्थित होटल मेरियटमा भेटवार्ता भएको हो ।

उनिहरूबीच पार्टीभित्र देखिएका अन्तरसङ्घर्ष व्यवस्थापन गर्ने सम्बन्धमा गम्भीर विचार विमर्श शुरु भएको हो । गत पुस ५ गते प्रतिधिसभा विघटनपश्चात उहाँहरूबीच संवाद हुन सकेको थिएन । यसअघि स्थायी समिति सदस्य योगेशकुमार भट्टराईले प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष ओलीसँग भेट गरी पार्टीभित्रका विवाद अन्त्यका लागि विशेष पहल लिन आग्रह गरेका थिए ।