एमालेका ३२ सांसदलाई स्पष्टीकरण

 

बैशाख ७, काठमाडौं –नेकपा ९एमाले०ले पार्टीका नेता माधवकुमार नेपालसहित ३२ सांसदलाई स्पष्टीकरण सोधेको छ । पार्टीको आज बसेको केन्द्रीय महाविधेशन आयोजक कमिटीले पार्टी गतिविधि र संसदीय दलको अनुशासन उल्लघङ्न गरेका आरोपमा २७ सङ्घीय सांसद र कर्णाली प्रदेशका पाँच प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको हो ।

सबैलाई एमालेको विधान २०४९ ९संशोधन २०७१० र राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा भएको व्यवस्थानुसार स्पष्टीकरण सोधिएको एमाले कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।

पार्टी अध्यक्ष तथा ९एमाले० संसदीय दलका नेता केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको पत्र आजै ती नेतालाई पठाइएको छ । उनकाअनुसार दुई दिनभित्र स्पष्टीकरणको जवाफ पेश गर्न निर्देशन दिइएको छ । उनीहरु सबैलाई एमालेको विधान २०४९ ९संशोधन २०७१० को धारा ४९ ९क० ९१० देखि ९७० र ९१२० र ९१४० मा भएका व्यवस्थाविपरीत अनुशासन उल्लङ्घन गरेकाले विधानको धारा ४९ ९ख० ९ग० धारा ५० बमोजिम र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १९ग० बमोजिम कारवाही किन नगर्ने भनेर स्पष्टीकरण सोधिएको छ ।

उनका अनुसार स्पष्टीकरण सोधिनेमा पूर्वप्रधानमन्त्री नेपाल र झलनाथ खनालसहित भीमबहादुर रावल, सुरेन्द्रप्रसाद पाण्डे, घनश्याम भुसाल, योगेशकुमार भट्टराई, प्रकाश ज्वाला, झपट रावल, मेटमणि चौधरी, रामकुमारी झाँक्रीलगायत रहेका छन् । यसअघि पार्टीले नेता नेपालसहित, रावल, भुसाल र पाण्डेलाई छ महीनाका लागि पार्टीबाट निलम्वन गरेको थियो