त्रिदेशीय टी–२० क्रिकेट : नेपालको सानदार जित

बैशाख ६, काठमाण्डौ – त्रिदेशीय टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सोमवार भएको खेलमा नेपालले मलेसियामाथि सानदार जित हासिल गरेको छ । मलेसियाले दिएको एक सय १०  रनको लक्ष्य पछ्याएको नेपालले एक विकेटको क्षतिमा १२ ओभर १ बलमा एक सय १३ रन बनायो ।

यसअघि टस हारेर ब्याटिङ गरेको मलेसियाले १६ ओभर ५ बलमा अलआउट हुँदै एक सय नौ रन बनाएको थियो । मलेसियालाई थोरै रनमा समेट्न नेपालका करण केसीले तीन, सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, शाहब आलम र कुशल मल्लले एकरएक विकेट लिए ।

नेपालले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो भने मलेसिया आइतवार नेदरल्यान्ड्ससँग १५ रनले पराजित भएको छ थियो । नेपालले मङ्गलवार नेदरल्याण्ड्सँग खेल्नेछ ।