सोमबार पनि साढे ३७ अङ्कले घट्यो नेप्से

बैशाख ६, काठमाण्डौ – शेयर बजार परिसूचक नेप्से सोमवार पनि घटेको छ । नेप्से ३७ दशमलव ५८ अङ्कले घटेर २६ सय ६१ दशमलव ९३ विन्दुमा झरेको हो । आइतवार पनि नेप्से झन्डै ३६ अङ्कले घटेको थियो ।

सोमबार हाइड्रोपावर र वित्त कम्पनीबाहेक सबै उपसूचक घटेका छन् । बजारलाई लिड गर्ने बैंकिङ उपसूचक नै १.८६ प्रतिशतले घट्यो भने होटेल तथा पर्यटन उपसूचक सर्वाधिक ६.१७ प्रतिशत, व्यापार उपसूचक २.९ प्रतिशत र विकास बैंक उपसूचक १.९४ प्रतिशतले घट्यो ।

यस्तै निर्जीवन बिमा उपसूचक १.७७, प्रतिशत, अन्य उपसूचक १.३२ प्रतिशत र लघुवित्त उपसूचक पनि १.१८ प्रतिशतले ओरालो लाग्यो । वित्त कम्पनी उपसूचक ०.४८ प्रतिशत र हाइड्रोपावर उपसूचक ०.१२ प्रतिशतले बढ्यो । आज नेप्सेमा कारोबारमा आएका १५४ कम्पनीको सेयर मूल्य घट्यो भने २३ कम्पनीको बढेको छ । यस्तै ४ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।