त्रिकोणात्मक क्रिकेटमा नेपालको सानदार सुरुवात

बैशाख ४, काठमाडौं  –  त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले सानदार सुरुवात गरेको छ । नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार नेदरल्यान्ड्सले दिएको १३७ रनको लक्ष्य नेपालले २० ओभरमा एक विकेट गुमाएर पूरा गर्यो ।

टी–ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यु खेलमै ओपनिङ गरेका कुशल भुर्तेल र आशिफ शेखले ११६ रनको साझेदारी गरे । कुशल र आशिफ डेब्यु खेलमै अर्धशतक प्रहार गर्न सफल भए ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १३६ रन बनाएको थियो ।

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिए । शाहाब आलम र सोमपाल कामीले समान एक÷एक विकेट लिए ।

नेपालले सिरिजको दोस्रो खेलमा मलेसियासँग वैशाख ६ गते खेल्नेछ । तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससँग वैशाख ७ मा खेल्नेछ ।