सभामुखले संसद बन्धक बनाएको प्रधानमन्त्रीको आरोप

बैशाख ४, काठमाडौं  –  प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठकमा सभामुखविरुद्ध गम्भीर आरोप लगाएका छन् । सभामुख अग्नीप्रसाद सापकोटाले संसदमा अनैतिक काम गरिरहेको उनले आरोप लगाएका हुन् ।

संसदमा सभामुख सापकोटाले काम गर्न नदिएको भन्दै वर्तमान संसदले राजनीतिक निकास नदिने प्रधानमन्त्रीले बताएको बैठकमा सहभागी राप्रपा नेता प्रकाशचन्द्र लोहनीले जानकारी दिए ।