कस्मेटिक सामान अब अनलाइनमा

 

चैत ३०, काठमाडौं– ब्राण्डेड कस्मेटिक्स सामान कहां किन्ने ? कस्मेटिकका ब्रान्ड कसरी थाहा पाउने ? कम समयमा कसरी खरिद गर्ने ? यस्तै दुबिधा तपाइसंग छ भने यसको समाधानका लागि आएको छ श्रींगार डटकम ।   श्रींगार डटकम  मार्फत कस्मेटिक ब्रान्ड थाहा पाउन र अर्डर गर्न सक्नुहुनेछ ।  नया बर्षको अवसर पारेर बैशाख देखि श्रृंगार डटकम नामक ई–कमर्स कम्पनी सञ्चालनमा आएसंगै श्रींगार सामाग्रीका लागि अनलाइन सुबिधा लिन सकिने भएको हो ।

श्रृंगार डट कममा ब्राण्डेड कस्मेटिक्स, स्क्रिनकेयर र कपडाहरु खरिद गर्न सकिने भएको छ । श्रृंगार डट कमका व्यवस्थापक रवि दुवालका अनुसार यस कम्पनी मार्फत ब्रान्डेड सामानहरु मात्र बिक्रेताहरुले बिक्री गर्न सक्नेछन् ।

गुणस्तरको समाानहरु ग्राहकसम्म पु¥याउने लक्ष्य कम्पनीको रहेको रवि बताउछन् । उनी भन्छन् ‘ हामीले यस कम्पनी मार्फत गुणस्तरका कस्मेटिक सामान ग्राहकहरु सम्म पु¥याउने लक्ष्य लिएका छौं । ’ यसका लागि ग्राहकहरुको शंका गर्न नपर्ने उनी बताउछन् । उनका अनुसार कम्पनीले गत बैशाख देखि परीक्षण संचालन गरिरहेको छ ।