प्यूठानमा एमाले समानान्तर कमिटीको अध्यक्षमा भोजविक्रम बुढामगर

चैत ३०, काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी(एमाले) नेपाल समुहले पार्टी(नेकपा)का अध्यक्ष के.पी. शर्मा ओलीको असंवैधानिक कदमहरुको बिरोध गर्दै प्यूठानमा समानान्तर कमिटी गठन गरेको छ ।

शनिवार प्यूठान नगरपालिका–३ जुम्रीमा नेपाल समुहले १३ सदस्यीय सचिवालय समिति गठन गरेको हो । उक्त कमीटीको अध्यक्षमा भोज बिक्रम बुढामगर चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा कृष्ण बहादुर रायमाझी, सचिव दिपेन्द्र के.सी.रहेका छन् । नवनिर्वाचित सचिव दिपेन्द्र के.सीका अनुसार जिल्ला पार्टीको। विराज भण्डारी, आर.पि.राज भण्डारी, जिआर पुलामी, तिल बहादुर घर्ति, धर्मराज भण्डारी, सन्तोष बि.क., आर रिजाल, झविलाल राहु, भिम बहादुर के.सी. र झग बहादुर बुढामगर रहेका छन् ।

सचिवालय समिति सहित ३९ सदस्यीय जिल्ला कमिटि गठन गरीएको तत्कालिन नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष के.पी. शर्मा ओलीका कदम बिरुद्ध उक्रिएका छन् । अध्यक्षको पद सम्हाल्दै बुढामगरले कम्युनिष्ट आचरण, विधि र पद्धतीमा चल्ने पार्टी निर्माणका लागि ओली प्रवृत्ति विरुद्धमा अभियान थालेको बताए ।