‘ए काली भागौँ’ मा केदार र बर्षाको अभिनय

चैत २९, काठमाडौं  – ‘ए काली भागौँ’ बोलको म्युजिक भिडियोमा कलाकार केदार घिमिरे र बर्षा राउतले अभिनय गरेका छन् ।

स्मिता दाहाल र महेश भण्डारीको स्वर रहेको उक्त गीतमा घिमिरे र राउतका साथै यमन श्रेष्ठ,सन्देश लामिछाने,सुरेश थापा र निशान बजगाईँको अभिनय रहेको छ ।

उदय राज पौडेलको संगीत संयोजन , किशोर थापाको मिक्सिङ मास्टरिङ् र सुप्रीम पराजुलीको सम्पादनमा भिडियोलाई तयार पारिएको छ । दीपक आचार्यले निर्देशन गरेको भिडियोलाई आमा अग्नि कुमारी युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।