युरोपा लिगमा रोमा विजयी

चैत २७, एजेन्सी –युरोपा लिगको क्वाटरफाइनलको पहिलो लेगमा घरेलु मैदानमा इटालियन क्लब रोमाले आयाक्सलाई पराजित गरेको छ । घरेलु मैदानमा रोमाले २–१ को पुनरागमन जित निकालेको हो ।

आयाक्सले पहिलो हाफमा १–० को अग्रता लिदा रोमाले दोस्रो हाफमा दुई गोल गर्दै जित दर्ता गर्न सफल भएको थियो । घरेलु टोली आयाक्सले खेलको ३९औं मिनेटमा डाभी क्लासेनको गोलबाट अग्रता लिएको थियो ।

खेलको ५७औं मिनेटमा लोरेन्जो पेलिग्रेनीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।८७औं मिनेटमा रोजर इवानेजले गोल गर्दै रोमालाई २–१ को महत्वपुर्ण अवे जित दिलाए ।

यस जितसँगै रोमाले सेमिफाइनलको यात्रालाई बलियो बनाएको छ । दोस्रो लेग रोमाको मैदानमा १६ अप्रिलमा हुदैछ ।