प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले ब्राइटनलाई हरायो

चैत २३, एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले ब्राइटनलाई हराएको छ ।

आज बिहान भएको खेलमा युनाइटेडले ब्राइटनलाई २(१ गोल अन्तरले हराएको हो । ब्राइटनका डेनी वेलबेकले १३ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएको खेलमा युनाइटेडले दुई वटै गोल दोस्रो हाफमा गरेको हो ।

युनाइटेडका मार्कस रासफोर्डले ६२ औं र मेसिन ग्रिनबुडले ८३ औं मिनेटमा गोल गरे । प्रिमियर लिगमा ६० अङ्कका साथ युनाइटेड दोस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको ७४ अङ्क छ । १६ औं स्थानको ब्राइटनको ३२ अङ्क छ ।