निगमले बढायो इन्धनको मूल्य

चैत २३, काठमाडौं  – नेपाल आयल निगमले आइतबार इन्धनको मूल्य बढाएको छ। भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूची अनुसार निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी इन्धनको मूल्य बढाएको हो।

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २-२ रुपैयाँ बढाएको निगमले जनाएको छ। अब पेट्रोलको प्रतिलिटर मूल्य १२० रुपैयाँ र डिजेल मटितेलको १०३ रूपैयाँ कायम भएको छ। यता खाना पकाउने ग्यास तथा हवाई इन्धनको बिक्री मूल्य भने हाललाई यथावत नै राखिएको निगमले जनाएको छ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले जनाए अनुसार मूल्य बढाउँदा पनि निगमलाई मासिक १ अर्ब ७६ करोड घाटा छ।