ब्राउनसुगर सहित ३ जना पक्राउ

चैत्र २०, काठमाडौ- झापा भद्रपुर नगरपालिका ४ डाँगीबारी स्थितबाट बिहीबार राती साढे ८ बजे ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ६ बस्ने ४० बर्षीय लोकेन श्रेष्ठ र भद्रपुर नगरपालिका १० बस्ने ३६ बर्षीय विनोद राजवंशी र २४ बर्षीय गोबिन्द राजबंशी रहेका छन् ।

उनिहरुको साथबाट लागूऔषध ब्राउन सुगर ९ ग्राम ११० मिलिग्राम र डिजिटल तराजु सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।