प्रधानमन्त्री ओलीले १८ करोड हिनामिना गरेको आरोपसहित भीम रावलको स्पष्टीकरण

चैत १३,काठमाडौं- नेकपा एमालेका नेता भीम रावलले पनि अध्यक्ष केपी शर्मा ओलीमाथि आरोप लगाउँदै स्पष्टीकरण पठाएका छन् । पार्टीलाई १४ बुँदै स्पष्टीकरण पठाउँदै अध्यक्ष केपी ओलीमाथि उनले संगीन आरोप लगाएका छन् । रावलले ओलीमाथि विदेशीसामु लम्पसार परेको, भ्रष्टाचार गरेकोदेखि पार्टीले अनुशासनको कारवाही गरेको प्रसंगमा समेत आरोपित गरेका छन् ।

रावलले ओलीलाई साबिक नेकपाको केन्द्रीय कमिटीले अनुशासनको कारवाही गरेको होइन ? भन्दै प्रश्न उठाएका छन् । रावललाई पार्टीले महाधिवेशन आयोजक समिति सदस्यका रुपमा स्पष्टिकरण मागेको थियो । तर उनले आफूलाई उपाध्यक्षकै रुपमा पेश गरेका छन् ।

यस्तै रावलले ठूलो दबाबपछि भारतले अतिक्रमण गरेको भुभागलाई समेटेर नक्सा प्रकाशित गरेपनि नेपालका अतिक्रमित भूभाग र यस सम्बन्धी अन्तर्राष्ट्रिय कानुन एवं मान्यताबारे शिक्षा मन्त्रालयद्वारा प्रकाशित पुस्तकमा लगाइएको सरकारी बन्देजको आलोचना गरेका छन्।