समीक्षा र किरणको स्वरमा ‘ब्रेकप’ बोलको गीत सार्वजनिक

चैत १३,काठमाडौं–समीक्षा अधिकारी र किरण भुजेलको आवाजमा समावेश गीत ‘ब्रेकप’( माया गरौला २) सार्वजनिक भएको छ ।

तिलक प्रताप चन्दको शब्द रहेको गीतमा संगीत कृष्ण भार्द्वाजले भरेका छन् ।जीवन बाडुले गीतको संगीत संयोजन गरेका छन् ।
सरोज ओलीले निर्देशन गरेको यस भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् ।

भडियोमा सागर लम्साल’बले’ आँचल शर्मा, वर्षा राउत र पुष्प खडका फिचर्ड छन् ।

विक्रम स्वारको कन्सेप्ट र कोरीयोग्राफी भिडियोमा समावेश छ ।भिडियोको सम्पादन शुबर्न दुलालको रहेको छ िभने भिडियो कलरिङ् रेनिश फागोको रहेको छ ।