विश्वकप छनोटः टर्कीद्धारा नेदरल्याण्ड् ४–२ ले पराजित

चैत १२,काठमाडौं –कतारमा हुने फिफा विश्वकप फुटबलका लागि छनोट सुरु भएको छ । वुधबार राति भएको समूह जीको खेलमा टर्कीले नेदरल्याण्ड्सलाई ४–२ गोल अन्तरले पराजित गरेको छ ।

टर्कीको जीतमा बुराक एल्मेजले ह्याट्रिक गर्दा हकन एनललोहन्जोले एक गोल गरेका थिए । नेदरल्याण्डका लागि डेभी कलासेन र लुक डी जोङले एक एक गोल फर्काएका थिए ।

टर्कीका लागि बुराकले १५ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ३४ औं मिनेटमा पेनाल्टी मार्फत दोस्रो गोल गरे भने ४६ औं मिनेटमा हकनले टिमका लागि तेस्रो गोल गरे ।

७५ औं मिनेटमा कलासेन र जोङले ७६ औं मिनेटमा गोल गर्दै अग्रता ३–२ मा ल्याएका थिए । तर, ८१ औं मिनेटमा बुराकले ह्याट्रिक गरेपछि टर्की ४–२ गोल अन्तरले विजयी भयो ।