‘एकै छिन् हाँसिदेऊ’ मा एलिसा र सागरको अभिनय (भिडियो)

चैत १२, काठमाडौं –नबिन कटुवाल र अल्बिन मगरको संयुक्त स्वर सजित गीत ‘एकै छिन् हाँसिदेऊ’ को भिडियो सार्वजनिक भएको छ ।

डान्सिङ बिटको यस पप गीतमा अल्बिन मगरकै शब्द तथा संगीत छ । भने, अल्मोडा रानाले एरेञ्ज गरेका छन् ।

सुमन सिङ्गधन लामाले निर्देशन गरेको म्युजिक भिडियोमा एलिशा शर्मा र सागर परियारलाई देख्न सकिन्छ ।

गीतमा दुवै जना मस्ती मूडमा देखिएका छन् । भिडियोको कोरियोग्राफी अतिश जैरोले कोरियोग्राफी गरेका छन् ।