ओखर खानुका फाइदाहरु

चैत९,काठमाडौं-स्वादमा मात्र होइन, ओखर एक पौष्टिक तत्वले भरिपूर्ण ड्राइ फुट्स पनि हो। शरीरलाई स्वस्थ राख्न ओखरको निकै महत्वपूर्ण भूमिका हुन्छ। ओखरका फाइदाहरु यसप्रकार छन्

१.स्वस्थ बोसो प्राप्त गर्न सकिने
ओखरको सेवन गर्दा शरीरलाई आवश्यक पर्ने स्वस्थ बोसो प्राप्त गर्न सकिन्छ। अल्फा लिनोलेनिक एसिड र एएलए ओमगा थ्रि फ्याट्टी एसिडको एक प्रकार हो, जसले एक प्रकारको सुजनलाई कम गर्न मद्दत गर्दछ।

२. पेट र मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ
ओखरको नियमित सेवनले पेट र मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ। ओखरले रक्तचाप घटाउनुका साथै कालेस्ट्रोललाई पनि नियन्त्रित राख्ने पाइएको छ।

३.रक्तचापलाई कम गराउँछ
सन् २०१९ मा प्रकाशित अमेरिकन हार्ट एशोसिएसनको अध्ययन अनुसार ओखर खाने व्यक्तिमा रक्तचाप र कोलेस्ट्रोलमा सकारात्मक परिवर्तन आएको पाइएको थियो। ओखरको नियमित सेवनले मुटुलाई पनि फाइदा गरेको अध्ययनमा पाइएको थियो।

४. मस्तिष्कलाई फाइदा
ओखरको नियमित सेवनले मस्तिष्कलाई स्वस्थ राख्न मद्दत गर्दछ। द अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रीशनमा प्रकाशित एक अध्ययनले ओखरको सेवनले मस्तिष्कलाई फाइदा पुग्ने गरेको पाइएको थियो।