सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

चैत १, काठमाडौं  – सिभिल बैंकले मोरङको सुन्दरहरैचा नगरपालिका स्थित करदाता सेवा कार्यालयमा नया‘ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घघाटन आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख बिमल सापकोटाले गरेका छन् ।

उद्घाटन समारोहमा उद्योग वाणिज्य संघ बिराटचोकका अध्यक्ष कृष्ण रिजाल, करदाता सेवा कार्यालय बिराटचोकका प्रमुख नेत्र घिमिरे, सिभिल बैंकका डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ्ग बिभागका प्रमुख भोला बहादुर बिष्ट, सिभिल बैंक प्रदेश नं १ का प्रमुख राजेश ढकाल लगायत सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरु ल्गायतको उपस्थिति रहेको थियो ।