प्रिमियर लिग -म्यानचेस्टर सिटीको जित

 

चैत १, एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी विजयी भएको छ ।

फुलह्यामलाई ३–० गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटी विजयी भएको हो । जितसँगै सिटीको ७१ अङ्क भएको छ ।

दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको सिटीको भन्दा १७ अङ्क कम ५४ अङ्क रहेको छ । यस्तै गएराति नै भएको अर्को खेलमा बर्नलीले एभर्टनलाई २–१ गोलले पराजित गरेको छ ।

यस्तै क्रिष्टल प्यालेसले वेष्ट ब्रुमलाई १–० गोलले पराजित गरेको छ भने लिड्स युनाइटेड र चेल्सीबीचको खेल गोलरहित बराबरीमा रोकिएको छ ।