‘फिदा’ मा पल र बर्षाको अभिनय (भिडियो)

चैत १, काठमाडौं – पल शाह र वर्षा राउत म्युजिक भिडियोमा देखिएका छन् । सुमन केसी र गायिका दीपा लामाको स्वरमा रहेको ‘फिदा’ बोलको म्युजिक भिडियोमा उनीहरुको अभिनय रहेको छ ।

गीतको शब्द रचना सुमन योञ्जनको रहेको छ । दीपक शर्माको संगीतमा गीतलाई तयार पारिएको छ । भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका छन् । नवराज उप्रेतीको छायाङ्कन रहेको भिडियोलाई केन्द्र मोसन्स युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ ।