युरोपा लिग – आर्सनलको सानदार जित

फागुन २८, एजेन्सी  – युरोपा लिगको अन्तिम १६ को पहिलो लेगमा आर्सनलले सानदार जित दर्ता गरेको छ ।

बिहीबार राति भएको खेलमा आर्सनलले ग्रीसको ओलम्पियाकोसलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

जितसँगै आर्सनलको अन्तिम आठको सम्भावना बलियो बनेको छ । आर्सनलले दोस्रो लेग घरेलु मैदानमा खेल्नेछ ।