दुर्गेश र योगेशको स्वरमा ‘सलाई छ सलाई’ (भिडियो)

फागुन २४, काठमाडौं  – दुर्गेश थापा र योगेश काजीको आवाजमा गीत ‘सलाई छ सलाई’ सार्वजनिक भएको छ । दुर्गेश र योगेशले संयुक्तमा गीतको शब्द कोरेका हुन् । संगीत दुर्गेशको रहेको छ भने गीतको एरेन्ज योगेशले गरेका छन् ।मिक्सिङ मास्टरिङ् चन्द्र चौधरीले गरेका छन् ।
शिव बिकको निर्देशन र कोरीयोग्राफी रहेको गीतको भिडियोमा आर्यन सिग्देल। दुर्गेश थापा , योगेश काजी, शिव बिक ,महादेव त्रिपाठी र बिशो केसी फिचर्ड छन् । अर्जुन तिवारीको छायाङ्कन रहेको भिडियोलाई मिलन बिशोकर्माले सम्पादन गरेका हुन ।