एलीना र प्रवीणको ‘फूल राम्रो’(भिडियो)

फागुन २३, काठमाडौं  – गायिका एलीना चौहान र प्रवीण बेडवालको आवाजमा गीत ‘फूल राम्रो’ सार्वजनिक भएको छ ।

कृष्ण केसी शब्द र लय सिर्जना रहेको गीतको एरेन्ज सुनिल परियारको रहेको छ ।  भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

आकाश श्रेष्ठ र सम्झना खत्रीलाई फिचर्ड गरिएको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् । रुपेश खड्काको सम्पादन भिडियोमा समावेश छ ।