‘पोइ पर्यो काले’ को दोश्रो सिक्वेलमा दिक्पाल कार्की

फागुन २०, काठमाडौं – चलचित्र ‘पोइ पर्यो काले’ को दोस्रो सिक्वेल बन्ने भएको छ । चलचित्रमा अभिनेता तथा मोडेल दिक्पाल कार्की अनुबन्धित भएका छन् । करिब छ वर्षको अन्तराल पछि कार्की ठुलो पर्दामा देखिन लागेका हुन् ।

कार्कीले आफू अनुबन्धित भएको सामाजिक सञ्जाल मार्फत जानकारी गराएका हुन् । यसै चलचित्रको प्रीक्वेलमा अभिनेता सौगात मल्ल , आकाश श्रेष्ठ र पूजा शर्मा मुख्य भूमिकामा देखिएका छन् िचलचित्रको औपचारिक घोषणा भने भइसकेको छैन ।