बी डिभिजन लिग – आरसिटी र श्री कुमारी भिड्दै

फागुन २०, काठमाडौं – सहिद स्मारक बी डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा झम्सिखेल युथ क्लब र श्री भगवती क्लबबीच खेल हुनेछ ।

झम्सिखेल र श्री भगवतीबीचको खेल अपरान्ह १२ १५ बजे सुरु हुनेछ । झम्सिखेल ८ खेलमा ६ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
श्री भगवती ८ खेलमा ६ अंक जोडेर १० औं स्थानमा रहेको छ ।

अर्को खेलमा रानीपोखरी कर्नर टिम आरसिटी र श्री कुमारी क्लबबीच खेल हुनेछ । आरसिटी र श्री कुमारीबीचको खेल दिउसो ३ ३० बजे सुरु हुनेछ । आरसिटी ८ खेलमा १२ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । श्री कुमारी ८ खेलमा ७ अंक जोडेर आठौं स्थानमा रहेको छ ।