आगलागीले घर जलेर नष्ट

फागुन १७, काठमाडौँ – जिल्लाको माडीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । माडी नगरपालिका–७ देवेन्द्रपुरको शिवालय मन्दिर नजिकका ४८ वर्षीय टोकप्रसाद गौडेलको घर आगलागीका कारण जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अचानक लाइटर पड्केर भएको आगलागीबाट उहाँको ढुङ्गामाटोले बनेको दुइतले कच्ची घर जलेर नष्ट भएको हो । आगलागीबाट रु १० लाख बराबरको क्षति भएको अनुमान गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी बताए । स्थानीय, प्रहरी र दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको छ ।