एसी मिलान र इन्टर मिलान विजयी

फागुन १७, एजेन्सी –  इटालियन सिरी ‘ए’ को शीर्ष होडमा रहेको इन्टर मिलान र एसी मिलान दुवै टिम बिजयी भएका छन् ।

एसी मिलानले रोमालाई २–१ ले पराजित गरेको छ । यो जितसँगै दोस्रो स्थानमा रहेको मिलानको २४ खेलबाट ५२ अंक पुगेको छ ।

त्यस्तै इन्टर मिलानले इटालीको सिरी एको शीर्ष स्थानमा आफ्नो चार अंकको अग्रता कायम राख्न आइतबार जेनोआलाई ३–० ले हराएको छ । इन्टरको ५६ तथा मिलानको ५२ अंक छ ।