घमेश दुलालको लोक दोहोरी गित ‘बनमा खयर’

फागुन १७, काठमाडौं –  लोक दोहोरी गायक घमेश दुलाल एक दशक पछि कमब्याक गरेका छन् । घमेश दुलाल र प्रविषा अधिकारी को बनमा खयर गीत सार्वजनिक भएको छ ।  उक्त गीतमा हास्यकलाकार बुद्धि तामाङ पुरुषोत्तम सिग्देल र सत्यकला लामाको अभिनय रहेको छ ।
शिव हमालले यो गीतको शब्द रचना गरेका छन् ।

गीतमा संगीतकार तथा गायक प्रभावन जे को संगीत रहेको छ । घमेश र प्रभावन जे २ दशक अघि देखि रेडियो नेपालमा गीत गाउँदा समय देखिका दौंतरी समेत हुन् । गीतको संगीत संयोजन चर्चित एरेन्जर कमल सौरागले गरेका हुन् ।

भिडियोमा कलाकार बुद्धि तामाङ, सत्यकला बम्जन र पुरुषेत्तम सिग्देलको अभिनय रहेको छ । भिडियोमा वरिष्ठ नृत्य निर्देशक कमल राईको निर्देशन रहेको छ भने छायाँकन हरिष मेहेरा, कलर तथा सम्पादन डिनशन शाहले गरेका छन् ।