बार्सिलोनाको जितसँगै मेस्सी पुगे सर्वाधिक गोलकर्ताको शीर्षस्थानमा

 

फागुन १६, एजेन्सी  – बार्सिलोनाले स्पेनिस ला लिगामा सेभियामाथि २–० को जित दर्ता गरेको छ ।

सेभियाको घरेलु मैदान रोमान सान्चेज पिचुआनमा भएको खेलको २९ औं मिनेटमा ओसमान डेम्बेलेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । उनले लिओनेल मेस्सीको पासलाई सदुपयोग गरेका थिए ।

कप्तान मेस्सीले खेलको ८५ औं मिनेटमा गोल गर्दै टोलीको जित निश्चित गरेका थिए । उनले गोल गर्दै लिगको सर्वाधिक गोलकर्ताको सुचिमा १९ गोलसहित आफूलाई शीर्षस्थानमा उभ्याएका छन् ।

जितसँगै बार्सिलोनाले शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँगको अंक अन्तरलाई २ मा घटाएको छ ।