वैवाहिक जीवनमा बाँधिइन् गायिका अन्जु पन्त

फागुन १३, काठमाडौं –  गायिका अन्जु पन्त वैवाहिक जीवनमा बाँधिएकी छन् ।

गायिका पन्तले बुधबार प्रेमी थीर कोइरालासँग बिहे गरेकी हुन् । अन्जु र थीर लामो समयदेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ ।

अन्जु र थीरले चर्चमा क्रिश्चियन परम्परा अनुसार बिहे गरेका हुन् । दुबै जना क्रिश्चियन धर्ममा आस्था राख्ने भएकाले पनि उनीहरुले चर्चमा बिहे गरेका हुन् ।