‘कलिपुरुष’मा वर्षा अनुबन्धित

फागुन १२, काठमाडौं – अभिनेत्री वर्षा सिवाकोटीले नयाँ चलचित्र साइन गरेकी छिन् । उनले राघव आचार्यले निर्देशन गरेको चलचित्र ‘कलिपुरुष’ साइन गरेकी हुन् ।

चलचित्रको कथा बस्तु र त्यस भित्र रहेका टिमहरू आफूलाई मनपरेपछी सो चलचित्र साइन गरेको वर्षाले बताएकी छिन् । यती बेला उनी अभिनीत चलचित्र ‘लक्का जवान, मनसँग मन’ रिलिजको क्रममा छ ।

इभाना इन्टरटेन्मेन्टको ब्यानरमा यो चलचित्र निर्माण हुन लागेको हो । चलचित्रको छायांकन फागुनको अन्तिम साताबाट सुरु हुनेछ ।