‘बी’ डिभिजन लिग – आज दुई खेल हुदै

फागुन १२, एजेन्सी –  सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा बाँसबारी क्लब र टुसाल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

बाँसबारी र टुसालबीचको खेल अपरान्ह १२ः१५ बजे सुरु हुनेछ । श्री कुमारी र श्री भगवतीबीचको खेल अपरान्ह ३ः३० बजे सुरु हुनेछ ।

कोरोना भाईरसको कारण गत वर्षबाट स्थगित लिग सोमबारबाट पुनः सुरु भएको हो ।