इटालियन सिरी ‘ए’ एटलान्टाको सहज जित

फागुन १०, एजेन्सी – इटालियन सिरी ‘ए’ फुटबलमा एटलान्टाले जित निकालेको छ । आइतबार राति भएको खेलमा एटलान्टाले नापोलीलाई ४ २ गोल अन्तरले पराजित गरेको हो ।

जितसँगै एटलान्टा लिगको चौंथो स्थानमा उक्लिएको छ । एटलान्टाले २३ खेलमा ४३ अंक जोडेको छ । नापोली ४० अंक जोडेर सातौं स्थानमा रहेको छ ।