बले र कक्रोजको ‘साडी मलमल’ (भिडियो)

फागुन १०, काठमाडौं – कृष्ण कार्की र स्मिता दाहालको आवाजमा ‘साडी मलमल’ सार्वजनिक भएको छ ।

बले एन्टरटेन्मेन्टको प्रस्तुतिमा गीत शब्द बिना भट्टराइले कोरेकी छिन् । मीन गुरुङको लय सिर्जनामा संगीत संयोजन महराज थापाले गरेका छन् । गीतको भिडियो शान थापाले निर्देशन गरेका हुन् ।

सागर लम्साल (बले), हरिस निरौला (कक्रोज) ,दिपा(दमन्ता र प्रिज्मा (प्रिन्सी भिडियोमा फिचर्ड छन् । सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका छन् ।

साथै भिडियोलाई सागरको आधिकारिक युट्युब च्यानल बले एन्टरटेन्मेन्ट बाट सार्वजनिक गरिएको छ ।