महिला लिग -अन्तिम खेलमा आज दुई खेल हुदै

फागुन ७, काठमाडौं –  राष्ट्रिय महिला लिग फुटबलमा आज अन्तिम दुई खेलहरु हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा नेपाल पुलिस क्लबले चौदण्डीगढी नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ ।

अर्को खेलमा च्याम्पियन बनिसकेको एपीएफ र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ । पुलिस र चौदण्डीबीचको खेल बिहान १० बजे सुरु हुनेछ भने एपीएफ र आर्मीबीचको खेल दशरथ रंगशालामा अपरान्ह २ बजे सुरु हुनेछ ।