हरिहर निरौलाको ‘भरोसाको दियो’ सार्वजनिक

फागुन ७, काठमाडौं  – गीतकार हरिहर निरौलाको शब्द र गायक सत्यराज आचार्य स्वर भएको म्युजिक भिडियो ‘भरोसाको दियो’ सार्वजनिक भएको छ।

विशाल ढकालले संगीतबद्ध गरेको सो गीतको म्युजिक भिडियोमा गायक सत्यराज आचार्य, अभिनेता स्वरुप पुरुष ढकाल तथा मोडल पुष्पा रायमाझीले अभिनय गरेका छन्।

गायक आचार्य ले निर्देशन गरेको सो भिडियो सत्य–स्वरुप यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।