अस्ट्रेलियामा फेसबुकबाट समाचार हेर्न नपाउने

फागुन ६, काठमाण्डौँ – अस्ट्रेलियामा सामाजिक सञ्जाल फेसबुकमार्फत समाचार सेयरमा रोक लगाइएको छ । अस्ट्रेलियामा प्रस्तावित सामाजिक सञ्जालसम्बन्धी नयाँ कानुनबारे विवाद भएकोले अस्ट्रेलियाली प्रयोगकर्ताले फेसबुक मार्फत समाचार सेयरमा प्रतिबन्ध लगाइएको बिबिसिले जनाएको छ ।

प्रस्तावित कानुन अनुसार गुगल र फेसबुकजस्ता ठूला प्रविधि कम्पनीहरूले अस्ट्रेलियाका सञ्चार संस्थाहरूसँग सम्झौता गर्न वा सामग्री साझा गरे बापत शुल्क तिर्नुपर्ने छ ।

अस्ट्रेलियामा राष्टिया तथा अन्तर्राष्ट्रिय समाचार पेजहरु फेसबुकले बन्द गरिसकेको बिबिसिमा उल्लेख छ । यसअघि गुगलले अस्ट्रेलियामा आफ्नो सर्च इन्जिन बन्द गर्ने धम्की दिएको थियो।