दीपक श्रेष्ठको निर्देशन रहने फिल्म ‘घिन्ताङ’ मुहूर्त

फागुन ४, काठमाडौ – अन्तरजातीय प्रेम कथामा आधारित फिल्म ‘घिन्ताङ’ मंगलवार शुभ–मुहूर्त गरिएको छ । दीपक श्रेष्ठको निर्देशन रहने उक्त फिल्म कमलादी गणेशस्थानमा कलाकार तथा प्राविधिकको उपस्थितिमा फिल्मको मुहूर्त गरिएको हो ।

समाजमा निम्न वर्गीय एकल पुरुष र एकल महिलाको जीवनमा आउने उतार चढाव लाई प्रस्तुत गरने बताइएको छ । फिल्ममा गौरव पहारी र लक्ष्मी बर्देवालको मुख्य भूमिका रहनेछ ।

साहित्यकार मन्दिरा मञ्जुश्रीले लेखेको फिल्ममा नीर बिक्रम शाह, मदनकृष्ण श्रेष्ठलगायतको समेत अभिनय रहनेछ ।